बिहान सबेरै हामी स्याप्रुबेसी / टिमुरे तर्फ प्रस्थान गर्छौं। बाटो अलि टाढा छ त्यसैले हामी सकेसम्म चाँडो प्रस्थान गर्नेछौं। आजको राती हामी टिमुरे को होटलमा बस्नेछौं।
बिहानको खाजा हामी नेपाल तिब्बत सिमाना रहेको मितेरी पुलतर्फ प्रस्थान गर्नेछौँ र दुवै देशको अध्यागमन औपचारिकता पूरा गरी सीमा पार गरेर चीनको तिब्बत सहर केरुङतर्फ प्रस्थान गर्नेछौँ। आजको राती हामी केरुङ सहरको होटलमा बस्नेछौं।
आज बिहानको खाजा पछि केरुङ सहरमा रहेको पागछोलिङ गुम्बाको भ्रमण गर्नुहुनेछ। आज बिहानको खाजा पछि केरुङ सहरमा रहेको पागछोलिङ गुम्बाको भ्रमण गर्नुहुनेछ। हामी दिनभर आराम गर्नेछौं। आजको राती हामी केरुङ सहरको होटलमा बस्नेछौं।
बिहानको खाजा पछि, केरुंग देखि एक घन्टाको यात्रा पश्चात हामी सो स्थानमा रहेको सुन्दर मनमोहक झरनाको दृश्य अबलोकन गर्ने र तस्बिरहरु लिनेछौं, सोक्रम सकेपछि सागतर्फा को यात्रा अगि भडदै जाँदा गुन्ताला पास (५२२६ मी) पार गरि उत्कृष्ट हिमालयको दृश्य र चौडा तिब्बती सुख्खा परिदृश्य हेर्न सक्नुहुन्छ, जसले तपाईलाई पहाड र मरुभूमिमा यात्रा गरेको महसुस गराउँदछ। केहि समयको यात्रा पछि सुन्दर ब्रमहपुत्र नदि पारगरि सागा शहरमा रहेको होटेलमा पुग्ने छौं।
बिहानको खाजा खाइसकेपछि तपाईं मानसरोवर प्रस्थान गर्नुहुनेछ । आज सम्मको यात्राका दिनहरूमध्ये आजको दिन महत्त्वपूर्ण छ किनभने आज हामी पवित्र मानसरोवर तालको दर्शन गर्न जाँदैछौं, र यसै क्रममा हामी मयुम्ला पास (५,२११ मि ) पार गर्दै मानसरोवर तालको पनि परिक्रमा गर्नेछौं । साथै पवित्र तालको किनारमा पूजा, हवन, पवित्र स्नान, गरी आजको राती हामी मानसरोवर ताल (छुई गुम्पा) को किनारमा रहेको गेस्ट हाउसमा बस्नेछौं। सागा देखि मानसरोवर ताल (४४५ कि.मी) (७ – ८ घण्टा ड्राइभ)
बिहानको नास्ता र पूजा, हवन, पवित्र स्नान र मानसरोवर तालको परिक्रमा पूरा गरेपछि, हामी दार्चेन प्रस्थान गर्नेछौं। दार्चेन पुग्न करिब २:३० मिनेट लाग्छ ।
बिहान सबेरैको नास्ता सकेपछि हामी यमद्वार प्रस्थान गर्नेछौं, यमद्वार पुग्न लगभग १५ मिनेटको ड्राइभ यात्रा लाग्छ । आज कैलाश परिक्रमाको पहिलो दिन हो। किनभने आज हामीले लगभग ६ घण्टा लगातार हिँड्नु पर्छ। आजको राति हामी दिरापुकको गेस्ट हाउस बस्नेछौं
दार्चेन – यमद्वार (८ कि.मी) – २० मिनेट
NOTE: (I) कैलाश पर्वत परिक्रमा गर्न नजाने यात्रुहरु सोही गाडीमार्फत दार्चेन फर्किनु पर्ने हुनछ, र दार्चेन फर्केर २ रात बस्ने समूहका सदस्यहरूलाई कम्पनीले दिरापुक र जुटुपुकको समान श्रेणीको गेस्ट हाउस कोठा उपलब्ध गराउने छ। साथै,बाँकी समूहका सदस्यहरूले परिक्रमा पुरागरि नफर्के सम्मा तपाइहरुले, उनिहरुलाइ पर्खनुपर्नेछ।
आजको यात्रा अलि साहसिक हुनेछ। किनकी आज डोमाला पास भएर हिँड्नु पर्छ । र समुद्री सतहबाट (५,६०० मिटर) रहेकाले जतिबेला पनि हिउँ पर्न सक्छ, बाटोमा गौरीकुण्डको पनि दर्शन गर्न सकिन्छ तर गौरीकुण्डको नजिकै पुग्न गाह्रो छ। आजको राति हामी जुथुलफुक गेस्ट हाउसमा बस्नेछौं।
दिराफुक देखि जुथुलफुक (२२ किमी) (७–८ घण्टा) पदयात्रा
आज हामी करिब २ घण्टा दार्चेन सम्मको ट्रेक गर्नेछौँ। र यो कैलाश परिक्रमाको अन्तिम बिन्दु पदयात्रा हो। आज हामीले हाम्रा सबै समूहका सदस्यहरूलाई दार्चेनमा भेटेपछि, हामी यातायातमा चढ्नेछौं र तुरुन्तै सागा तर्फ फर्कनेछौं। आजको राती हामी सागा सहरको गेस्ट हाउसमा बस्नेछौं। जुथुलफुक देखि अन्तिम बिन्दु (०८ किमी, २ घण्टा ट्रेक)
आज बिहानको खाजा खाएपछि हामी सोहि रुट भएर केरुङ फर्कनेछौं।आजको राती हामी केरुङ सहरको गेस्ट हाउसमा बस्नेछौं
बिहानको खाजा पछि हामी नेपाल र चीनको सीमा मितेरी पुलसम्म छोटो यात्रा गर्नेछौं।त्यहाँ पुग्ने बित्तिकै हामी दुबै देशको अध्यागमन सम्बन्धी प्रक्रियाहरू पूरा गरेर हामी सीमा पार गर्नेछौं। त्यासपछी नेपालतर्फको सिमानामा बस चढेर काठमाडौं फर्कनेछौं।
A seasoned travel expert with years of experience crafting personalized journeys and unforgettable adventures.