१५ औं दिनको कैलाश मानसरोवर- ल्हासा- सगरमाथा (चीन) यात्रा

१५ दिन
slide image
slide image
slide image
slide image
slide image
slide image
slide image
slide image
slide image
slide image
slide image
slide image
slide image
slide image
slide image
slide image
slide image
slide image
slide image
slide image
slide image
slide image
slide image
slide image
slide image
  • Trip Duration

    १५ दिन

  • Group Size

    समूह यात्रा

  • Maximum Altitude

    ५,६०० मिटर (डोल्मा ला पास)

  • Trip Difficulty

    मध्यम देखि कठिन

  • Activities

    बस यात्रा, पदयात्रा, परिक्रमा, गुम्बा/मन्दिर दर्शन, पूजा, सगरमाथा आधार शिविर भ्रमण

  • Best Season

    मे–जुन, सेप्टेम्बर–अक्टोबर

  • Trip Start & End

    काठमाडौं – काठमाडौं

  • Meals

    बिहान–बेलुका खाना (केही दिन स्थानीय रेस्टुरेन्टमा)

  • Accomodation

    होटल र मल्टि/ट्विन शेयरिङ गेस्ट हाउस

Highlights

  • पवित्र कैलाश पर्वत परिक्रमा (३ दिन)
  • पवित्र मानसरोवर ताल दर्शन, पूजा, हवन र स्नान
  • ५,६०० मिटरको डोल्मा ला पास पार गर्ने अनुभव
  • तिब्बतको विशाल मरुभूमि तथा हिमाली दृश्य अवलोकन
  • ब्रह्मपुत्र नदी पार गर्ने अवसर
  • प्रसिद्ध टाशी ल्हुन्पो गुम्बा भ्रमण
  • ऐतिहासिक साम्य गुम्बा दर्शन
  • विश्वप्रसिद्ध पोताला दरबार भ्रमण
  • पवित्र जोखाङ मन्दिर दर्शन
  • सगरमाथा आधार शिविर (चीनतर्फ) भ्रमण
  • तिब्बती संस्कृति, परम्परा र स्थानीय जीवनशैली अनुभव
  • ल्हासा बजारमा किनमेल अनुभव

Overview

मितेरी नेपाल द्वारा संचालित कैलाश मानसरोवर — सगरमाथा (चीन) यात्रा — अवलोकन (Overview)

यो १५ दिनको विशेष समूह यात्रा काठमाडौँबाट प्रारम्भ भई काठमाडौंमै अन्त्य हुने रूपरेखा रहेको छ। यस यात्रामा भाग लिनु भएका यात्रुहरूले चीनको तिब्बत क्षेत्रभित्र पवित्र स्थलहरू, हिमाली मार्गहरू, प्राचीन गुम्बा तथा सगरमाथा आधार शिविरको भ्रमण अनुभव गर्ने अवसर पाउनुहुनेछ।

यात्रा स्याप्रुबेसी/टिमुरेदेखि सुरू भई केरुङ मार्फत सागा, मानसरोवर ताल, कैलाश परिक्रमा (परिक्रमाः ३ दिन), सिगात्से, साम्य गुम्बा, ल्हासा, शेगर र अन्त्यमा सगरमाथा आधार शिविर भ्रमण पश्चात केरुङ हुँदै काठमाडौं फर्कने गन्तव्यहरू समावेश गर्दछ।

उच्चतम उचाइ करिब ५,६०० मिटर (डोल्मा ला पास) रहेको यस यात्रामा ड्राइभिङ, पदयात्रा, पूजा, परिक्रमा र सांस्कृतिक पर्यटन गतिविधिहरू हुनेछ। समूहलाई आवश्यक भिषा/परमिट, यातायात, होटल तथा गेस्ट हाउस आवास, खानपान, नेपाली स्टाफ समर्थन, आकस्मिक स्वास्थ्य सहायता, ओक्सिजन सेवा, र बीमा सेवा प्रदान गरिन्छ।

यो यात्रा मध्यम देखि कठिन कठिनाइ स्तरमा पर्छ र हिमाली मार्ग तथा उच्च उचाइ भएका क्षेत्रमा हुने भएकाले उपयुक्त तयारी आवश्यक हुन्छ। यात्राको उत्तम समय मे–जुन तथा सेप्टेम्बर–अक्टोबर मानिन्छ।

Itinerary

Day 01

बिहान सबेरै  हामी स्याप्रुबेसी / टिमुरे तर्फ प्रस्थान गर्छौं। बाटो अलि टाढा छ त्यसैले हामी सकेसम्म चाँडो प्रस्थान गर्नेछौं। आजको राती हामी टिमुरेको होटलमा बस्नेछौं।

काठमाडौं – टिमुरे – १५१ किमी (७ घण्टा )

Duration
७ घण्टा ड्राइभ
Altitude
1,700 m
Meal
बिहानको खाना, दिउँसोको खाना, बेलुकाको खाना
Accomodation
टिमुरेमा होटल

Day 02

बिहानको खाजा हामी नेपाल तिब्बत सिमाना रहेको मितेरी पुलतर्फ प्रस्थान गर्नेछौँ र दुवै देशको अध्यागमन औपचारिकता पूरा गरी सीमा पार गरेर चीनको तिब्बत सहर केरुङतर्फ प्रस्थान गर्नेछौँ। आजको राती हामी केरुङ सहरको होटलमा बस्नेछौं।

रसुवागढी देखि केरुङ सहर – २४ कि.मी (१ घण्टा)

Duration
१ घण्टा ड्राइभ
Altitude
2,704 m
Meal
बिहानको खाना, दिउँसोको खाना, बेलुकाको खाना
Accomodation
केरुङमा होटल

Day 03

आज बिहानको खाजा पछि केरुङ सहरमा रहेको ब्रिकुटी ताराको पागछोलिङ गुम्बाको भ्रमण गर्नुहुनेछ। आज बिहानको खाजा पछि केरुङ सहरमा रहेको पागछोलिङ गुम्बाको भ्रमण गर्नुहुनेछ। हामी दिनभर आराम गर्नेछौं। आजको राती हामी केरुङ सहरको होटलमा बस्नेछौं।

Duration
पूरा दिन आराम
Altitude
2,704 m
Meal
बिहानको खाना, दिउँसोको खाना, बेलुकाको खाना
Accomodation
केरुङमा होटल

Day 04

बिहानको खाजा पछि, केरुंग देखि एक घन्टाको यात्रा पश्चात हामी सो स्थानमा रहेको सुन्दर मनमोहक झरनाको दृश्य अबलोकन गर्ने र तस्बिरहरु लिनेछौं, सोक्रम सकेपछि सागतर्फा को यात्रा अगि भडदै जाँदा गुन्ताला पास (५२२६ मी) पार गरि उत्कृष्ट हिमालयको दृश्य र चौडा तिब्बती सुख्खा परिदृश्य हेर्न सक्नुहुन्छ, जसले तपाईलाई पहाड र मरुभूमिमा यात्रा गरेको महसुस गराउँदछ। केहि समयको यात्रा पछि सुन्दर ब्रमहपुत्र नदि पारगरि सागा शहरमा रहेको होटेलमा पुग्नेछौं।

Duration
४ घण्टा ड्राइभ
Altitude
4,500 m
Meal
बिहानको खाना, दिउँसोको खाना, बेलुकाको खाना
Accomodation
सागामा होटल

Day 05

बिहानको खाजा खाइसकेपछि तपाईं मानसरोवर प्रस्थान गर्नुहुनेछ । आज सम्मको यात्राका दिनहरूमध्ये आजको दिन महत्त्वपूर्ण छ किनभने आज हामी पवित्र मानसरोवर तालको दर्शन गर्न जाँदैछौं, र यसै क्रममा हामी मयुम्ला पास (५,२११ मि) पार गर्दै मानसरोवर तालको पनि परिक्रमा गर्नेछौं । साथै पवित्र तालको किनारमा पूजा, हवन, पवित्र स्नान, गरी आजको राती हामी मानसरोवर ताल (क्ष्युगुम्पा) को किनारमा रहेको गेस्ट हाउसमा (मल्टि वेडस शेरिंग रूम) बस्नेछौं।

सागा देखि मानसरोवर ताल (४४५ कि.मी) (७ – घण्टा ड्राइभ)

Duration
७–८ घण्टा ड्राइभ
Altitude
4,600 m
Meal
बिहानको खाना, दिउँसोको खाना, बेलुकाको खाना
Accomodation
मानसरोवर (क्ष्युगुम्बा) गेस्ट हाउस

Day 06

बिहानको नास्ता र पूजा, हवन, पवित्र स्नान गरेपछि,  दुइ घण्टाको यात्रा पश्चात हामी सबै  दार्चेन तर्फा प्रस्थान गर्नेछौं। आजको राति हामी दार्चेनको होटेल मा बस्नेछौं।

मानसरोवर – दार्चेन (५० कि.मी) – २ घण्टा

Duration
२ घण्टा ड्राइभ
Altitude
4,600 m
Meal
बिहानको खाना, दिउँसोको खाना, बेलुकाको खाना
Accomodation
दार्चेनमा होटल

Day 07

बिहान सबेरैको नास्ता सकेपछि हामी यमद्वार प्रस्थान गर्नेछौं, यमद्वार पुग्न लगभग १५ मिनेटको ड्राइभ यात्रा लाग्छ । आज कैलाश परिक्रमाको पहिलो दिन हो। किनभने आज हामीले लगभग घण्टा लगातार हिँड्नु पर्छ। र आजको राति हामी दिरापुकको गेस्ट हाउसमा (मल्टि वेडस शेरिंग रूम) बस्नेछौं

NOTE: (I) कैलाश पर्वत परिक्रमा गर्न नजाने यात्रुहरु सोही गाडीमार्फत दार्चेन फर्किनु पर्ने हुनछ, दार्चेन फर्केर रात बस्ने समूहका सदस्यहरूलाई कम्पनीले दिरापुक जुटुपुकको समान श्रेणीको गेस्ट हाउस कोठा उपलब्ध गराउने ।साथै,बाँकी समूहका सदस्यहरूले परिक्रमा पुरागरि नफर्के सम्मा तपाइहरुले, उनिहरुलाइ पर्खनुपर्ने

र आजको राति हामी दिरापुकको गेस्ट हाउसमा (मल्टि वेडस शेरिंग रूम) बस्नेछौं

Duration
१५ मिनेट ड्राइभ + ६ घण्टा ट्रेक
Altitude
4,890 m
Meal
बिहानको खाना, दिउँसोको खाना, बेलुकाको खाना
Accomodation
दिरापुक गेस्ट हाउस

Day 08

आजको यात्रा अलि साहसिक हुनेछ। किनकी आज डोमाला पास भएर हिँड्नु पर्छ । र समुद्री सतहबाट (५,६०० मिटर) रहेकाले जतिबेला पनि हिउँ पर्न सक्छ, बाटोमा गौरीकुण्डको पनि दर्शन गर्न सकिन्छ तर गौरीकुण्डको नजिकै पुग्न गाह्रो छ।

आजको राति हामी जुथुलफुक गेस्ट हाउसमा (मल्टि वेडस शेरिंग रूम) बस्नेछौं।दिराफुक देखि जुथुलफुक (२२ किमी) (लगभगघण्टा ) पदयात्रा

Duration
९ घण्टा ट्रेक
Altitude
4,790 m
Meal
बिहानको खाना, दिउँसोको खाना, बेलुकाको खाना
Accomodation
जुतुलपुक गेस्ट हेस्ट हाउस

Day 09

आज हामी करिब २ घण्टा दार्चेन सम्मको ट्रेक गर्नेछौँ। र यो कैलाश परिक्रमाको अन्तिम बिन्दु पदयात्रा हो। आज हामीले हाम्रा सबै समूहका सदस्यहरूलाई दार्चेनमा भेटेपछि, हामी यातायातमा चढ्नेछौं र तुरुन्तै सागा तर्फ फर्कनेछौं। आजको राती हामी सागा सहरको होटलमा बस्नेछौं। जुथुलफुक देखि अन्तिम बिन्दु (० किमी, २ घण्टा ट्रेक)डार्चेन देखि सागा ३७५ किमी (६- ७-घण्टा ड्राइभ)

Duration
२ घण्टा ट्रेक + ६–७ घण्टा ड्राइभ
Altitude
4,500 m
Meal
बिहानको खाना, दिउँसोको खाना, बेलुकाको खाना
Accomodation
सागामा होटल

Day 10

बिहनाको नस्ता पछी हामी, सागा देखि सिगात्से प्रस्थान गरछौ

शिगात्से पुग्न करिब ७ घण्टा लाग्छ। शिगात्से शहरमा पुग्न साथ हामी होटेलमा चेकक इन गर्नेछौं, केहि समय आराम गरेपछि प्रसिद्ध टाशी ल्हुन्पो गुम्बाको भ्रमण गर्ने छौ। बाटोमा हामीले सुन्दर ब्रह्मपुत्र नदी र तिब्बती उत्पत्यकाको अवलोकन गर्न सक्छौं। साथै आज देखि हामी तपाइँको खाना सफा रेस्टुरेन्ट मा उपलब्ध गराउनेछौं। आजको राती हामी सिगात्से सहरको होटलमा बस्नेछौं।

Duration
७ घण्टा ड्राइभ
Altitude
3,800 m
Meal
बिहानको खाना, दिउँसोको खाना, बेलुकाको खाना
Accomodation
सिगात्सेमा होटल

Day 11

बिहानको खाजा खाएपछि हामी साम्य गुम्बातिर प्रस्थान गर्नेछौं। साम्य शहर पुग्न साथै हामी धार्मिक साम्य सम्यॆगुम्बा दर्शन तथा भ्रमण गर्नेछौ। साम्य शहर स्थानीय रेस्टुरेन्टमा खाना खानेछौं, खाना खाए सकेपछि एबम रुपमा, हामी ल्हासा सहरतर्फ प्रस्थान गर्छौं र होटलमा स्थानान्तरण गर्नुहुनेछ । साम्य देखि  ल्हासा सहर पुग्न करिब २ घण्टा ड्राइभिङ लाग्छ। साँझपाखा पोताला दरबारको सुन्दर दृश्य हेर्नको लागि पोताला अगाडि सडकको वरिपरि घुम्न लग्नेछौँ ।

आजको राती हामी ल्हासा सहरको होटलमा बस्नेछौं।

Duration
७ घण्टा ड्राइभ
Altitude
3,650 m
Meal
बिहानको खाना, दिउँसोको खाना, बेलुकाको खाना
Accomodation
ल्हासामा होटल

Day 12

बिहानको खाजा खाइसकेपछि तपाईं सुन्दर पोताला दरबारको भ्रमण गर्नुहुनेछ। त्यसपछि जोखाङ मन्दिरको दर्शन गर्नुहुनेछ। पोताला र जोखाङ मन्दिरको दर्शन गरेपछि हामीले स्थानीय रेस्टुरेन्टमा खाजा खानेछौं। त्यसै गरी हामी रमुछे गुम्बा को (ब्रिकुती तारा)  भ्रमण गर्नेछौं। बेलुका तपाईं किनमेलको लागि ल्हासा बजार वरिपरि गर्नुहुनेछ। आजको राती हामी ल्हासामा सहरको होटल बस्नेछौं।

Duration
पूरा दिन भ्रमण
Altitude
3,650 m
Meal
बिहानको खाना, दिउँसोको खाना, बेलुकाको खाना
Accomodation
ल्हासामा होटल

Day 13

आज बिहान नास्ता खाएपछि हामी सिगात्से फर्कनेछौं र त्यहाँको स्थानीय रेस्टुरेन्टमा खाना खानेछौं। खाना खाइसकेपछि हामी ल्हास्ते सहरको लागि ड्राइभ जारी गर्नेछौं। आजको राती हामी ल्हास्ते सहरको होटलमा बस्नेछौं। (लगभग ८ घण्टाको ड्राइभ)

Duration
७–८ घण्टा ड्राइभ
Altitude
4,330 m
Meal
बिहानको खाना, दिउँसोको खाना, बेलुकाको खाना
Accomodation
शेगरमा होटल

Day 14

आज बिहानको खाजा खाई सके पछि हामी बिश्वोको उच्च सगरमाथा को उतारी बेगमा अबस्थित सगरमाथा आधार शिबिर को भ्रमण गर्ने छौं र सगरमाथा आधार शिबिर मा १ घन्टाको अबलोकन पछि हामी पुरानो तिन्ग्री हुँदै क्यिरोंग शहर तर्फ फर्किने छौं।  र आजको रति हामी क्यिरोंग सहरमा होटेल मा बस्ने छौं।

Duration
६–७ घण्टा ड्राइभ
Altitude
5,100 m
Meal
बिहानको खाना, दिउँसोको खाना, बेलुकाको खाना
Accomodation
केरुङमा होटल

Day 15

बिहानको खाजा पछि हामी नेपाल र चीनको सीमा मितेरी पुलसम्म छोटो यात्रा गर्नेछौं।त्यहाँ पुग्ने बित्तिकै हामी दुबै देशको अध्यागमन सम्बन्धी प्रक्रियाहरू पूरा गरेर हामी सीमा पार गर्नेछौं। त्यासपछी नेपालतर्फको सिमानामा बस चढेर काठमाडौं फर्कनेछौं। घण्टाको ड्राइभिङपछी काठमाडौं पुग्नेछौं

Duration
७ घण्टा ड्राइभ
Altitude
1,400 m
Meal
बिहानको खाना, दिउँसोको खाना
Accomodation
काठमाडौं आगमन

What's Included

  • काठमाडौं–टिमुरे–केरुङ–कैलाश–मानसरोवर–ल्हासा–सगरमाथा आधार शिविर–काठमाडौं बस यात्रा
  • कैलाश यात्राका लागि आवश्यक भिसा, परमिट र प्रवेश शुल्क
  • होटल तथा गेस्ट हाउस आवास (मल्टि/ट्विन शेयरिङ)
  • सम्पूर्ण खाना (बिहान, दिउँसो, बेलुका)
  • सम्पूर्ण यातायात खर्च
  • नेपाली स्टाफ (गाइड, कुक आदि) र उनीहरूको बीमा
  • साधारण औषधी व्यवस्था
  • आकस्मिक प्रयोजनका लागि अक्सिजन ग्यास
  • डफेल झोला, ज्याकेट, रेनकोट
  • १० लाखसम्म यात्रा बीमा (दुर्घटना मृत्यु)
  • १ लाखसम्म स्वास्थ्य बीमा (दुर्घटना बिरामी)
  • दैनिक मिनरल वाटर

What's Excluded

  • आपतकालीन उद्धारमा लाग्ने अतिरिक्त व्यक्तिगत खर्च
  •  समूहबाट अलग भई फर्किएमा अतिरिक्त भिसा/यातायात खर्च
  •  प्राकृतिक प्रकोप वा अप्रत्याशित कारणले हुने अतिरिक्त खर्च
  •  प्याकेजमा उल्लेख नभएका अन्य व्यक्तिगत खर्च
  •  व्यक्तिगत कारणले यात्रा बीचमै फर्किएमा रकम फिर्ता नहुने
  •  गाइड, ड्राइभर, कुक आदि कर्मचारीलाई दिने टिप (स्वेच्छिक)

Equipment List

👕 दैनिक लगाउने कपडा

  • हल्का ट्रेकिङ पाइन्ट
  • टिसर्ट (फुल/हाफ स्लिभ)
  • भित्री कपडा
  • ट्रेकिङ जुत्ता
  • क्याजुअल चप्पल

🧥 न्यानो कपडा

  • डाउन ज्याकेट
  • फ्लीस ज्याकेट
  • थर्मल सेट (माथिल्लो/तल्लो)
  • टोपी (ऊनको)
  • पञ्जा (न्यानो)
  • न्यानो मोजा

🎒 ट्रेकिङ सामग्री

  • डे-प्याक झोला
  • स्लीपिङ ब्याग
  • ट्रेकिङ पोल
  • सनग्लास (UV सुरक्षा)
  • पानी बोतल / थर्मस

🧴 स्वास्थ्य तथा सरसफाइ

  • व्यक्तिगत औषधी
  • सनस्क्रिन (SPF 50+)
  • लिप बाम
  • टिस्यु / वेट वाइप
  • टूथब्रस / पेस्ट
  • ह्यान्ड स्यानिटाइजर

🔌 इलेक्ट्रोनिक सामग्री

  • मोबाइल फोन
  • पावर बैंक
  • चार्जर
  • क्यामेरा (इच्छानुसार)

📄 अन्य आवश्यक

  • राहदानी (पासपोर्ट)
  • पासपोर्ट साइज फोटो
  • व्यक्तिगत नगद रकम
  • सानो टर्च / हेडलाइट
Trip Price

नेपालीकाे लागि मात्र
रु. २,७५,००० प्रति व्यक्ति

Talk To Trip Expert

expert image

Sunil Lama

Trip Expert
Have Any Questions?

A seasoned travel expert with years of experience crafting personalized journeys and unforgettable adventures.

Whatsapp/Viber +977-9851039739
expert image

Lhakpa Sherpa

Trip Expert
Have Any Questions?

A seasoned travel expert with years of experience crafting personalized journeys and unforgettable adventures.

Whatsapp/Viber +977-9841443512
Share this Trip
Quick Enquiry